Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवा बाढीबारे प्रतिनिधि सभामा सभामुखले विशेष प्रस्ताव पेस गर्ने

रसुवा बाढीबारे प्रतिनिधि सभामा सभामुखले विशेष प्रस्ताव पेस गर्ने

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । रसुवाको विनाशकारी बाढी र यसले पुर्‍याएको अपूरणीय क्षतिबारे प्रतिनिधि सभाको भोलि (बुधबार) बस्ने बैठकमा विशेष प्रस्ताव प्रस्तुत गरिने भएको छ।

    सभामुख डोलप्रसाद अर्यालले बाढीको विपद्का सम्बन्धमा सदनमा विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले जानकारी दिइन्।

    images

    भदौ १० गते सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक संघीय संसद् सचिवालयले सूचना प्रकाशित गरी बुधबार दिउँसो १ बजेका लागि बोलाएको छ।

    संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार मुलुकमा हुने यस्ता ठूला र संवेदनशील विपद्का घटनामा सभामुखको तर्फबाट विशेष प्रस्ताव प्रस्तुत गर्ने संसदीय प्रचलन रहिआएको छ । त्यसपछि बुधबारको बैठकमा दलीय आधारमा धारणा राख्ने र सरकारको तर्फबाट बाढी, उद्धार र राहतका विषयमा आधिकारिक जानकारी दिने तयारी छ।

    गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार बाढीमा परेर हालसम्म ९८७ जनाको शव फेला परेको छ।

    प्राधिकरणका अनुसार बाढीमा परेर अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् भने २७९ जना घाइते भएका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य र प्रभावित क्षेत्रमा राहत वितरणको काम जारी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार