Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन

काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ ।

    भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो । तीमध्ये सनाखत भएको १२ वटा शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । सनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा रहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले बताए ।

    images

    पहिचान हुन नसकेका ४६ वटा शवहरू काठमाडौँको गोकर्णको जङ्गलमा सुरक्षित रूपमा गाडेर व्यवस्थापन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका जङ्गलमा गाडेर शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका एकजना अधिकृतले बताए । उनले भने, ‘४६ जनाको शव गाडेर व्यवस्थापन गरिएको छ ।’

    स्थानीय प्रशासनले सोमबार निर्णय गरेर सो क्षेत्रमा शव व्यवस्थापन गरेको हो । शव गाड्नुअघि पहिचान नखुलेका शव र टुक्राटाक्रीको डिएनए नमुना सङ्कलन, फिंगर प्रिन्ट र पाँचथान फोटो लिइएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार