Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढी पहिरो र चाडपर्व लक्षित गर्दै बजार अनुगमन तीव्र

बाढी पहिरो र चाडपर्व लक्षित गर्दै बजार अनुगमन तीव्र

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । अविरल वर्षा पछिको बाढी पहिरोले सडक अवरुद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्यवृद्धि हुन नदिन वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ । विभागले मङ्गलवार (भोलि) देखि काठमाडौँ उपत्यकामा १० वटा विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो।

    विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार अहिलेसम्म बजारमा ४ वटा टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारीसहित करिब ४० जनाको १० वटा टोली खटाइनेछ । विभागले उपत्यकाका १३ वटा क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ।

    images

    पछिल्ला दिनमा सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या आएको र यसै मौकामा उपभोक्ताले आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण (स्टक) गर्ने प्रवृत्ति देखिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव सिर्जना हुनसक्ने जोखिम बढेको छ।

    सूचना अधिकारी किराँतीले हाल बजारमा उपलब्ध वस्तु पुरानै ढुवानी र लागतको भएकाले मूल्यवृद्धि गर्न नपाइने स्पष्ट पारेका छन् । ‘अहिले बजारमा नयाँ ढुवानी आएको छैन र भाडा पनि बढेको छैन,’ उनले भने, ‘पहिलेकै स्टकलाई नयाँ र बढी मूल्यमा बेच्नु कालोबजारी हो। हिजो–अस्तिको खरिद–बिक्री मूल्य जाँच गर्दा कैफियत भेटिए तत्काल कारबाही गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार