Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यक : मन्त्री लम्साल

विपद् प्रतिकार्यका लागि शक्तिशाली प्राधिकरण र स्वचालित संयन्त्र आवश्यक : मन्त्री लम्साल

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि विगतको नेपाल पुनर्निर्माण प्राधिकरणजस्तै उच्च अधिकार सम्पन्न र शक्तिशाली निकायको आवश्यकता रहेको बताएका छन्  । अर्थ मन्त्रालयमा आयोजित विपद्को आर्थिक क्षति र प्रतिकार्य योजनाबारे छलफलमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन्।

    उनले समानान्तर रूपमा द्रुत गतिमा काम गर्न सक्ने संरचनाको परिकल्पना गर्नुपर्नेमा जोड दिए ।  मन्त्री लम्सालले विपद्को समयमा राज्यका तल्लो तहका संरचनाहरू स्वतः सक्रिय हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘विपद् आउनासाथ वडा, पालिका, प्रदेश र सिडिओ कार्यालयहरू स्वचालित रूपमा एक्टिभेट हुनुपर्ने थियो, तर त्यसो किन भएन ?’ उनले प्रश्न गरे।

    images

    संयन्त्रहरू सक्रिय हुन नसक्नुका पछाडि रहेका कानुनी र प्रक्रियागत जटिलताहरू पहिचान गरी तत्काल सुधार गर्नुपर्ने उनको भनाइ छ। मन्त्री लम्सालले आगामी दिनमा कुनै पनि विपद् आउँदा कसैको आदेश नकुरी राज्यको संयन्त्रले उद्धार, राहत र पुनर्स्थापनाको काम सुरु गर्ने गरी कानुन संशोधन गर्न योजना आयोगलाई जिम्मेवारी दिइएको जानकारी दिए। उनले यसबारे ठोस कार्ययोजना तीन दिनभित्र पेस गर्न समेत निर्देशन दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार