Oct 30 2026 | २०८३ कार्तिक १४ गते

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा बाढी पीडितका लागि ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडद्वारा बाढी पीडितका लागि ६५ लाख सहयोग

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार र पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरूको तर्फबाट १० लाख गरी कुल ६५ लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको हो।

    प्राकृतिक विपत्तिका कारण रसुवासँगै नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवन लगायतका जिल्लाहरूमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। यस कठिन परिस्थितिमा नागरिकहरूको दैनिक जीवन प्रभावित भइरहेकाले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    images

    विपत्तिको घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै सरकार र सम्बन्धित निकायहरूले गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन बैंकले आफ्नो मानवीय प्रतिबद्धता जनाएको छ। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

    बाढीमा परी हालसम्म सम्पर्कमा नआएका नागरिकहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार