Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विपद्‌मा राजनीतिक पार्टीको हातेमालो, कुन दलबाट कति सहयोग घोषणा ?

विपद्‌मा राजनीतिक पार्टीको हातेमालो, कुन दलबाट कति सहयोग घोषणा ?

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सहयोग जुटाउने क्रम जारी छ । यसक्रममा स्वदेशी तथा विदेशी दातृ निकायहरूले सहयोग घोषणा गरिरहेका छन्। त्यसक्रममा राजनीतिक दलहरूले पनि बाढी पीडित नागरिकका लागि नगद तथा भौतिक सहयोग जुटाउने प्रयास जारी राखेका छन्।

    संसद्को दोस्रो दल नेपाली कांग्रेसले बाढी पीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकको उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

    images

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रसुवा बाढीबाट पीडितहरूको सहयोगमा प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

    त्यसबाहेक पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बाढी गए लगत्तै बसेको पार्टी सचिवालय बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।

    नेकपा एमालेले पनि बाढी प्रभावितका लागि सहयोग रकम कोषमा प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । आज सोमबार बेलुकासम्म कति रकम सहयोग गर्ने भन्नेबारे निर्णय हुने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।

    आचार्यका अनुसार नेकपा नेकपा एमाले बागमती र राजधानी प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग गर्ने घोषणा गरिसकेका छन् । एमालेले सबै तहका आफ्ना कमिटीबाट सहयोग सङ्कलन गरी एकमुष्ट पार्टीको तर्फबाट सहयोग गर्ने तयारी गरेको सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

    बाढी पीडितलाई श्रम संस्कृति पार्टीले तत्काल १५ लाख रकम सहयोग गर्ने घोषणा गरेको छ । अध्यक्ष हर्क साम्पाङले बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।

    ‘हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ !’, अध्यक्ष साम्पाङले भदौ १२ गते सामाजिक सञ्जालमार्फत उक्त सहयोगको घोषणा गरेका हुन् । उज्यालो नेपाल।,राप्रपा र विभिन्न मधेस केन्द्रित दलहरूले पनि राहत रकम प्रदान गर्ने तयारी गरेको बताएका छन्।

    गत बुधबार तिब्बततर्फबाट भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्ला बढी प्रभावित भएका छन् । उक्त बाढीबाट सोमबारसम्म ९ सय बढीको मृत्यु भएको पुष्टि भैसकेको छ भने चार हजारभन्दा बढी सम्पर्कविहीन भएका छन् । बाढीबाट हजारौँ नागरिक बेघरबार भएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार