Oct 30 2026 | २०८३ कार्तिक १४ गते

उदयबहादुर चलाउने नेकपा (बहुमत)को सबै जिम्मेवारीबाट मुक्त

उदयबहादुर चलाउने नेकपा (बहुमत)को सबै जिम्मेवारीबाट मुक्त

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टी अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।

    पार्टी अध्यक्षले जारी गरेको प्रेस वक्तव्यमा चलाउनेले पार्टीको नीति, विधि र निर्णयविपरीत गतिविधि गरेको आरोप लगाइएको छ । पछिल्लो समय उनले पार्टीभित्र गुटबन्दी गर्ने, विभाजन गर्ने तथा निम्नपुँजीवादी अवसरवादी र अन्ततः विसर्जनवादी रुझान देखाउँदै आएको पार्टीको भनाइ छ।

    images

    पार्टीले उनलाई समय–समयमा छलफल, बहस, स्पष्टीकरण र आत्मालोचनामार्फत सच्याउने प्रयास गरे पनि सुधार नभएको वक्तव्यमा उल्लेख छ।

    देश बाढी तथा विपत्तिमा परेका बेला राष्ट्रिय सम्मेलन स्थगित गरी पीडित जनताको उद्धार र राहतमा जुट्न पार्टीले गरेको निर्णयलाई समेत चलाउनेले गलत ढंगले व्याख्या गरी पार्टीविरुद्ध वक्तव्यबाजी गरेको आरोप पार्टीले लगाएको छ।पार्टीले विधानको भाग ५, धारा २७ बमोजिम चलाउनेलाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार