Oct 30 2026 | २०८३ कार्तिक १४ गते

नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि (तस्बिरहरू)

नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि (तस्बिरहरू)

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । सल्यानका  २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवा टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा उनको पहिलो पोस्टिङ भएको थियो । तर, सेवा प्रवेश गरेर काम थालेको पाँच महिनामै विनाशकारी बाढीमा परेर उनले ज्यान गुमाएका छन्।

    Funeral _-1675

    images

    बाढीमा परेर शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगम देवघाटमा उनको अन्त्येष्टि गरिएको छ। शव बिग्रने अवस्था भएको र घरसम्म लैजान नमिल्ने भएपछि देवघाटमै अन्त्येष्टि गरिएको आयुषका काका रमेश खड्काले बताए। 

    Funeral _-1676

    काका रमेशका अनुसार रसुवा पोस्टिङ भएपछि आयुषले अधिकृतमा नाम निकालेर सरकारी जागिर प्रवेश गर्ने सोच बनाएका थिए । तर, परिवारले नाम निस्किएकाले काम गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवा पुगे ।  ‘पढ्नमा साह्रै रुचि राख्थ्यो । खरिदार हुँदिनँ । म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले सुनाए, ‘रसुवाको पोस्टिङमा खासै रुचि देखाएको थिएन । तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो।’

    Funeral _-1677

    बागचौर नगरपालिका– १० पिपलनेटाका आयुष, खड्का परिवारकै जेठो छोरा हुन् । उनी भदौ १२ मा काठमाडौँ आउने र त्यसपछि परीक्षा दिन भदौ १६ मा घर जाने योजनामा थिए । दुर्भाग्य, घर जाने तयारी गरिरहँदा भदौ १० को बिहान उनी बाढीमा परे।

    Funeral _-1678

    आयुषको परिवारमा बुवा, आमा र बहिनी छन् । आयुष बाढीमा परेको खबरपछि आमा मुना बेहोस भएकी थिइन् । आयुषको अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित भएका थिए  । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए।

    Funeral _-1679

    Funeral _-1681Funeral _-1682Funeral _-1683Funeral _-1684Funeral _-1685Funeral _-1686

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार