Oct 30 2026 | २०८३ कार्तिक १४ गते

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषमा १७ लाख ६२ हजार हस्तान्तरण

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले  भोटेकोशी बाढी प्रभावितका लागि केन्द्रीय कार्यालयले बनाएको कोषमा १७ लाख ६२ हजार ९५७ रुपैयाँ जम्मा गरेको छ।

    गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ चितवन लगायतका जिल्लाहरुमा ठूलो मानवीय एवं भौतिक क्षति गरेकोले ती क्षेत्रमा राहत तथा उद्दारका लागि काभ्रे कांग्रेसले राहत रकम हस्तान्तरण गरिएको हो।

    images

    पार्टी सदस्य र शुभेच्छुकबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले जानकारी दिए।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेर सहमहामन्त्री उदय शमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई रकम हस्तान्तरण गरेको लामाले बताए।

    मानवीय सेवाका लागि उक्त रकम पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले सरकरी कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    नेपाली कांग्रेसका सहमहामन्त्री राणाले विपद्को  घडीमा पीडितलाई सहयोग गर्न नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले गरेको सहयोगप्रति आभार प्रकट गरे।

    नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेस काभ्रेका साथीहरूले ठूलो छाती देखाएको भन्दै पीडितको घाउमा मल्हम लगाउन ठूलो सहयोग हुने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार