Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवागढी जलविद्युत् केन्द्र थुनिएको भन्दै धुन्चे फर्कियो उद्धार टोली

रसुवागढी जलविद्युत् केन्द्र थुनिएको भन्दै धुन्चे फर्कियो उद्धार टोली

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजनाभित्र थुनिएका मान्छेसम्म जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको छ।विद्युत् प्राधिकरणका एक कर्मचारीका अनुसार रसुवागढी जलविद्युत् परियोजनामा भोटेकोसी बाढीले सबै थुनिएको र  त्यहाँ जान नसकिने भन्दै उद्धार टोली धुन्चे फर्किएको खबर प्राप्त भएको जानकारी दिएका छन्।रसुवागढी आयोजनाबाट हराइरहेका ९३ जनाको खोजी भइरहेपनि सबै थुनिएको भन्दै उद्धार टोली धुन्चे फर्किएको छ।

    हराइरहेकाहरूमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी छन्। २ जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना छन्। सीडब्ल्यूई का ४ जना, भनस कन्स्ट्रक्सनका ३ जना हराइरहेका छन्।

    images

    भूमिगत डिसेन्डरमा फसेका ६ जना मध्ये ४ जना २ दिन लगाएर आफैं बाहिर निस्कन सफल भएपछि सेनाले हेलिकप्टरबाट उद्धार गरेको छ। उनीहरु काठमाडौं आइसकेका छन्।

    ३ जनाले भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए। रसुवागढी हाइड्रोपावर कम्पनीका अनुसार उपकरणमार्फत खोजी गर्ने हो भने चाँडै उद्धार गर्न सकिने अवस्था छ।तर आवश्यकताअनुसारको पर्याप्त स्रोत र साधन नभएपछि टोली धुन्चे फर्किएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार