Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रवास

डालासबाट नेपालका लागि ३ करोडको राहत कोष, ‘भिजिट नेपाल’ अध्यक्ष राजभाटद्वारा ३० लाख हस्तान्तरण

डालासबाट नेपालका लागि ३ करोडको राहत कोष, ‘भिजिट नेपाल’ अध्यक्ष राजभाटद्वारा ३० लाख हस्तान्तरण

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं  । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि अमेरिकाको डालासमा रहेका नेपाली युवाहरूले ३ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्निर्माण कोष स्थापना गर्ने घोषणा गरेका छन्।

    ‘भिजिट नेपाल’ र ‘युथ एन्ड डेभलपमेन्ट’को संयुक्त पहलमा उक्त कोषको घोषणा गरिएको हो। अभियानको सुरुवात गर्दै ‘भिजिट नेपाल’का अध्यक्ष तथा युवा उद्यमी राजीव राजभाटले आफ्नो व्यक्तिगत तर्फबाट ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका छन्।

    images

    राजभाटले तत्काल उद्धार तथा राहतका लागि उक्त रकम हस्तान्तरण गरेका हुन्। अभियानअन्तर्गत विश्वभर रहेका नेपालीलाई जोड्ने उद्देश्यले ‘एक नेपाली, एक रुपैयाँ’ अवधारणा अघि सारिएको छ।

    कोषमा जम्मा हुने रकममध्ये तत्कालका लागि संकलित ३० लाख रुपैयाँ उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ। बाँकी रकम भने विपद् प्रभावित क्षेत्रमा भत्किएका आधारभूत पूर्वाधारको पुनर्निर्माण, घरबारविहीन परिवारको पुनःस्थापना तथा प्रभावित बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने योजना रहेको जनाइएको छ।

    राजभाटको व्यक्तिगत जीवनसँग पनि पछिल्लो विपद्को घटना जोडिएको छ। उनको मूल घर गोरखाको पालुङटार हो। जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड मेला भर्न गएका उनका निकट आफन्त तथा पालुङटार–नौखरेका ३० जनाभन्दा बढी छिमेकी बाढी–पहिरोमा परेर अझै बेपत्ता रहेको उनले बताए ।

    डालासमा रहेका नेपाली युवाहरूको प्रत्यक्ष पहलमा अघि बढाइएको यो अभियानले विपद्को समयमा प्रवासमा रहेका नेपालीलाई एकजुट भएर मातृभूमिको उद्धार र पुनर्निर्माणमा योगदान गर्न आह्वान गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार