Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणको अनुरोध

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न प्राधिकरणको अनुरोध

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

    प्राधिकरणका अनुसार यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण ती जिल्लाका विभिन्न स्थानीय तहका सडक तथा यातायात प्रभावित भएका छन्। प्रभावित स्थानबाट हालसम्म विदेशी २५२ जना र नेपाली ३ हजार ३४४ जनाको हवाई उद्धार भइसकेको पत्रमा उल्लेख छ।

    images

    न्यून मात्र प्रभावित,प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हवाई उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले अत्यावश्यक खोज,उद्धार तथा राहत सामग्री ढुवानीका लागि मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ।

    प्राधिकरणले विपद्को चरम अवस्थामा सीमित साधन स्रोतको अधिकतम सदुपयोग गर्न आवश्यक काममा मात्र हेलिकोप्टर प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

    यी हुन् वैकल्पिक मार्ग

    धादिङ जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केरुङटार हुँदै मस्तार (ह्यामलेट रेस्टुरेन्ट) पृथ्वी राजमार्गसम्मको सडक प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ।

    त्यस्तै,रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौडा–आप्र–नर्जी–लच्याङ–सरमथली–पाटिखर्क हुँदै बोहोतीटार (पासाङ ल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चे जाने बाटोमा चारपांग्रे साना सवारीसाधन सञ्चालन गर्न सकिने जनाइएको छ।

    यसैगरी प्राधिकरणले रसुवा,नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न पालिकाका प्रभावित वडाहरूको विवरणसमेत सार्वजनिक गरेको छ। प्राधिकरणले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

    null

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार