Oct 30 2026 | २०८३ कार्तिक १४ गते

गोलबजार नगरपालिकाले प्रधानमन्त्री कोषमा ५ लाख ५५ हजार पठाउने

गोलबजार नगरपालिकाले प्रधानमन्त्री कोषमा ५ लाख ५५ हजार पठाउने

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा अकस्मात् आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि सिरहाको गोलबजार नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    गोलबजार नगरपालिकाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

    images

    बाढी तथा प्राकृतिक विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ। विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले स्थानीय सरकारका तर्फबाट सहयोग गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

    विपद् कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या नभई सम्पूर्ण समाजको साझा चुनौती भएको गोलबजार नगर प्रमुख श्यामकुमार श्रेष्ठले बताए। कठिन परिस्थितिमा परेका नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार