Oct 30 2026 | २०८३ कार्तिक १४ गते

गण्डकी प्रदेश सरकारले बाढी पीडितलाई ४ करोड सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले बाढी पीडितलाई ४ करोड सहयोग गर्ने

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेश सरकारले तिब्बतबाट रसुवामा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको सहयोगका लागि ४ करोड पठाउने भएको छ।

    मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार विज्ञप्ति जारी गरी निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पठाइने जानकारी दिए।

    images

    रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुर लगायतका जिल्लामा आएको बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको भन्दै सहयोग गर्न सबैसँग उनले अपिल गरेका छन्।

    बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट धार्मिक तथा अन्य भ्रमणका लागि रसुवा र नुवाकोट पुगेका कतिपय नागरिकहरू सम्पर्कविहीन भएको खबरले थप चिन्ता बढाएको उदले बताए । सम्पर्कविहीन नागरिकहरूको खोजी, अवस्था पहिचान र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि प्रदेश सरकारले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरिरहेको उनले सुनाए।

    ‘कठिन घडीमा सम्पर्कविहीनको खोजी, जोखिममा रहेकाहरूको उद्धार, घाइतेको उपचार र घरबारविहीन भएकाहरूका लागि सुरक्षित आश्रय तथा खानपानको व्यवस्था मिलाउन मुख्यमन्त्री पाण्डेले सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गर्दछ,उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार