Oct 30 2026 | २०८३ कार्तिक १४ गते

नेपालमा उद्धार तथा राहतबारे भारतमा उच्चस्तरीय छलफल

नेपालमा उद्धार तथा राहतबारे भारतमा उच्चस्तरीय छलफल

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौँ । तिब्बतबाट नेपालमा आएको बाढीपछि जारी उद्धार तथा राहत प्रयासबारे भारतमा उच्चस्तरीय छलफल भएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालमा भइरहेका उद्धार तथा राहत कार्यबारे शुक्रबार छलफल गरिएको जानकारी दिए।

    जयशंकरका अनुसार काठमाडौँ र बेइजिङस्थित भारतीय दूतावासले नेपाल तथा चीनमा रहेका भारतीय नागरिकको अवस्था र उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएका छन्। त्यसैगरी, भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा पठाइने थप राहत सामग्रीबारे पनि जानकारी गराएको उनले बताएका छन्। जयशंकरले रसुवा बाढी तथा त्यसबाट प्रभावित भारतीय नागरिकको विषयलाई भारत सरकारले ‘उच्चतम प्राथमिकता’ दिएको बताए।

    images

    नेपाल–चीन सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि ठुलो संख्यामा मानिस बेपत्ता छन् भने भारतीय नागरिकसमेत प्रभावित भएका छन्। भारतले यसअघि नै नेपालमा राहत सामग्री पठाउनुका साथै उद्धार तथा राहत कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार