Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सामाजिक सञ्जालमा 'पोस्ट' गर्नुअघि रोकिन र सोच्न विज्ञहरूको सुझाव

सामाजिक सञ्जालमा 'पोस्ट' गर्नुअघि रोकिन र सोच्न विज्ञहरूको सुझाव

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । डिजिटल प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रभावका बिच कुनै पनि सामग्री पोस्ट वा सेयर गर्नुअघि सोचविचार गर्न र रोकिन विज्ञहरूले सुझाव दिएका छन्। सेन्ट जेभियर्स कलेज, माइतीघरद्वारा आयोजित ‘मिडियाटक शृङ्खला–४२’ कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा अधिकारकर्मीहरूले डिजिटल प्लेटफर्ममा जिम्मेवार सञ्चारको आवश्यकता औंल्याएका हुन्।

    कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोरले सामाजिक सद्भाव र सहअस्तित्वका लागि विचारको विविधतालाई स्वीकार गर्नुपर्नेमा जोड दिए। प्रकृतिमा विभिन्न प्रजातिहरू मिलेर रहने उदाहरण दिँदै उनले भने, ‘प्रकृतिले एउटै प्रजाति मात्र हुर्काउँदैन। त्यसैगरी सामाजिक सद्भावका लागि फरक विचार र आवाजलाई सम्मान गर्नुपर्छ।’

    images

    उनले युवाहरूलाई सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउनुअघि सोचविचार गर्न आग्रह गरे। त्यस्तै, कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले अरूको कथा, भावना र संवेदना बुझ्नका लागि बहुसांस्कृतिक दृष्टिकोण र करुणा आवश्यक रहेको बताए। कलेजका प्रिन्सिपल प्रा. डा. अगस्टिन थोमस एस।जे।ले सञ्चारले समाजलाई सुसूचित गराउनुका साथै आपसी बुझाइ निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। सञ्चार सधैँ सत्य र विवेकमा आधारित हुनुपर्ने उनको भनाइ थियो।

    मिडियाटक शृङ्खलाका संकाय संयोजक चुनबहादुर गुरुङका अनुसार नेपालको द्वन्द्वोत्तर सन्दर्भ, सङ्क्रमणकालीन न्याय र सामाजिक सद्भाव अभिवृद्धिमा सञ्चारको भूमिकाबारे छलफल गर्न विगत छ वर्षदेखि यो कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार