काठमाडौं । भोटेकोशी र त्रिशुली नदीमा अस्ति आएको भिषण बाढीको कारण सीमानाका टिम्मुरेस्थित चिनियाँ अध्यागमन कार्यालयमा कार्यरत २० जनाभन्दा बढी प्रहरी अधिकृत र ३० भन्दा बढी कर्मचारी बेपत्ता भएका छन्।
उनीहरु कोही पनि सम्पर्कमा नरहेको चिनियाँ सामाजिक सञ्जालमा पोष्ट गरिएका फोटो तथा भिडियोमा उल्लेख छ। एकजना अध्यागमन अधिकृतकी श्रीमतीले बेपत्ता प्रहरी अधिकृत तथा आफ्ना श्रीमानको फोटो सेयर गरेकी छन्।
सानो छोरो बोकेको उनको फोटो राख्दै उनी लेख्दछिन्, ‘म तिमीलाई सम्झिरहेकी छु । हाम्रो बच्चाले पनि तिमीलाई सम्झिरहेको छ । के तिमी मेरो मनको भावना महशुस गर्न सक्छौ?’



