काठमाडौं । नेपालसँग सीमा जोडिएको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा बुधबार गएको विनाशकारी बाढी-पहिरोपछि उद्धार तथा राहत कार्यबारे आज बिहान बेइजिङ्गमा बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को उच्चस्तरीय बैठकले नेपालमा पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
बाढी तथा पहिरोले दुबैतर्फ ठूलो क्षति पुर्याएको अवस्थामा चीनले उद्धार तथा प्रभावित क्षेत्रको अवस्थाको निरन्तर मूल्यांकन गर्दै उद्धार र राहत कार्य अघि बढाइरहेको छ।
विपद प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिँदै प्रधानमन्त्री र उपप्रधानमन्त्रीलाई हिजै त्यता पठाइसकिएको छ।
राष्ट्रपति सि चिनफिङले पार्टी बैठकको अध्यक्षता गर्दै केरुङ काउन्टीमा बुधबार गएको पहिरोपछि भइरहेको उद्धार तथा राहत कार्यको समीक्षा गरेको बुझिएको छ।



