Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

रसुवाका सहायक सिडिओ भन्छन्– चीनतर्फबाट ताल फुटेको सूचना आयो

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको सूचना नेपालतर्फ आएको छ।चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।

    ‘अस्ति पहिरोले थुनिएको ताल पूर्ण रूपमा खोलिइसकेको छैन । त्यहाँ अझै पानी जम्मा थियो । त्यही ताल फुट्यो भन्ने चिनियाँ पक्षले यहाँस्थित नेपाली सेनालाई दिएको छ,’ उनले भने।

    images

    ताल फुटेपछि त्यसबाट थप पानीको बहाव भोटेकोशी नदीतर्फ आउन सक्ने भएकाले नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने अनुमान गरिएको छ। प्रशासनले यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

    यसअघि पनि चीनतर्फ नदी थुनिएर बनेको ताल पूर्णरूपमा नखुलेका कारण भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार