Oct 30 2026 | २०८३ कार्तिक १४ गते

इड्रोको सुरुङ भित्र फसेका २ जनाको सेनाद्वारा सकुशल उद्धार

इड्रोको सुरुङ भित्र फसेका २ जनाको सेनाद्वारा सकुशल उद्धार

शुक्रवार, भाद्र १२ २०८३
  • काठमाडौं । रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका कारण फसेका मानिसहरूको नेपाली सेनाले आज बिहानैदेखि उद्धार कार्य तीव्र पारेको छ।

    जटिल भूगोल र जोखिमपूर्ण अवस्थाका बाबजुद उद्धारमा खटिएको नेपाली सेनाको टोलीले हालसम्म टनेलबाट दुई जनाको सकुशल उद्धार गरिसकेको छ।

    images

    सुरुङभित्र अझै कति मानिसहरू फसेका छन् भन्ने विषयमा खोजी जारी रहेको नेपाली सेनाले जनाएको छ।उनीहरूको उद्धार कार्यको प्रयास पनि भइरहेको छ।

    ​टनेलको अप्ठ्यारो स्थितिमा पनि सेनाले प्राविधिक उपकरण र विशेष तालिमप्राप्त टोली परिचालन गरी बाँकी रहेका मानिसहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार