काठमाडौँ । एथलेटिक क्लबलाई पराजित गर्दै बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित दर्ता गरेको छ।गएराति स्पोटिफाई क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबमाथि २–० को जित हात पारेको हो।
बार्सिलोनाको जितमा राफिन्हा र फर्मिन लोपेजले १-१ गोल गरे।ला लिगाको सुरुवाती २ खेलमा नै गोल निकाल्दै राफिन्हाले बार्सालाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले।
खेलको ३७ औँ मिनेटमा राफिन्हाको गोलमा बार्साले सुरुवाती अग्रता बनाएको थियो। खेलको दोस्रो हाफमा म्यानचेस्टर सिटीबाट ६५ मिलियन पाउण्डमा बार्सिलोना आएका रोड्रीले डेब्यू पनि गरे।खेलको ८२ औँ मिनेटमा फर्मिन लोपेजको गोलमा बार्सिलोनाले जित सुनिश्चित गर्यो।
२ खेलबाट ६ अंक बनाएको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ। समान २ अंक भएको रियल मड्रिड दोस्रो, सेभिल्ला तेस्रो र रियल बेटीस चौथो स्थानमा छन्।गएराति नै भएको अर्को खेलमा ओसासुनाले सेल्टाभिगोलाई २–१ ले हराएको छ।



