काठमाडौं। नेपालमा आएको विनाशकारी बाढीपछि ९१० जना बेपत्ता रहेको र उनीहरूसँग सम्पर्क हुन नसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बेपत्ता हुनेमा ५१७ जना विदेशी नागरिक, नेपाली सेनाका ४४ जना र नेपाल प्रहरीका २८ जना छन्।
प्राधिकरणले हालसम्म २५८ जनाको शव फेला परेको तथा ३५१ जनाको उद्धार गरिएको जनाएको छ।
यसअघि नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या २८९ पुगेको थियो।



