काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् । रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको जनधनको क्षतिबाट प्रभावितहरूको राहत तथा पुनः स्थापनामा सहयोग पुऱ्याउने उद्देश्यले उनले उक्त रकम प्रदान गरेका हुन्।
राजभण्डारीले कुमारी बैङ्क लिमिटेडमा रहेको आफ्नो खाताबाट ११ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरेका हुन्।




