काठमाडौँ । सरकारले रसुवा, नुवाकोट र धादिङमा साढे दुई करोड रुपैयाँ सहयोग प्रदान गरेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले रसुवामा एक करोड, नुवाकोट जिल्लालाई एक करोड र धादिङ जिल्लालाई ५० लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए।
त्यसैगरी, बाढीपीडितको उद्धारका लागि हालसम्म ३७ वटा हवाइ उडान भएको छ, भने हेलीबाट हालसम्म ३०५ जनाको उद्धार भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए।



