Oct 30 2026 | २०८३ कार्तिक १४ गते

‘तिज धमाका २०२६’ को नाफा बाढी पीडितको राहतमा खर्च गर्ने पर्वत समाज युएईको निर्णय

‘तिज धमाका २०२६’ को नाफा बाढी पीडितको राहतमा खर्च गर्ने पर्वत समाज युएईको निर्णय

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । पर्वत समाज युएईले ‘तिज धमाका २०२६’ कार्यक्रमबाट प्राप्त हुने नाफाको रकम नेपालका बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनामा खर्च गर्ने निर्णय गरेको छ।नेपालका विभिन्न क्षेत्रमा आएको बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै समाजले दुःख व्यक्त गर्दै विपद्मा परी ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेको छ।

    पर्वत समाज युएईले यही अगष्ट ३० अर्थात् भदौ १४ गते विभिन्न राष्ट्रिय कलाकारहरूको उपस्थितिमा ‘तिज धमाका २०२६’ कार्यक्रम सञ्चालन गर्दैछ।

    images

    यसअघि उक्त कार्यक्रमबाट प्राप्त नाफा अक्षय कोष स्थापनाका लागि प्रयोग गर्ने घोषणा गरिएको थियो । तर, नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिलाई मध्यनजर गर्दै नाफाको रकम बाढीपीडितको राहतमा खर्च गर्ने निर्णय गरिएको समाजका महासचिव जगदिश शर्माले जानकारी दिए।

    उनका अनुसार विपद्को असहज परिस्थितिलाई ध्यानमा राख्दै यसअघि गरिएको निर्णय परिमार्जन गरी तत्काल पीडितको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने गरी रकम परिचालन गर्ने निर्णय गरिएको हो।

    प्रवासमा रहेका नेपालीहरूले पनि विपद्का बेला मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदना देखाउनुपर्नेमा जोड दिँदै समाजले आफ्नो सहयोगलाई पीडितको पक्षमा केन्द्रित गर्ने जनाएको छ।

    समाजले विपद्को समयमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै ‘विपद्को समयमा हाम्रो सहयोग, पीडितका लागि आशाको आधार बनोस्’ भन्ने सन्देशसमेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार