Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढ्यो

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.०४ अंकले घटेर २५५७.३१ बिन्दुमा झरेको छ।

    नेप्सेका अनुसार १४६ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन।

    images

    बिहीबार ३४८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्टको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

    साथै नेपाल एसबीआई बैंकको १६ करोड, आँखु खोलाको ११ करोड र रिलाइन्स स्पिीनिङको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार