Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सदनमा गण्डकीका मुख्यमन्त्रीले भने- रसुवा बाढीमा बेपत्ताबारे सूचना आइरहेको छ

सदनमा गण्डकीका मुख्यमन्त्रीले भने- रसुवा बाढीमा बेपत्ताबारे सूचना आइरहेको छ

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा बाढी आएपछि गोरखा पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना बेपत्ता भएको समाचार बुधबार नै फैलिएको थियो।यता, अपर मादी जलविद्युत आयोजनामा काम गर्ने पोखरा–५ की पूजा बास्तोला पनि हराइरहेको भन्दै परिवारले गुहार मागिरहेको छ।

    रसुवामै अर्का इन्जिनियर सन्तोष अधिकारी पनि सम्पर्कबाहिर रहेको परिवारले जनाएको छ । कास्कीबाट गुसाइँकुण्ड गएका बिनु गुरुङ र देवकुमारी गुरुङ पनि परिवारको सम्पर्कमा नआएको जनाइएको छ।

    images

    प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता कृष्णप्रसाद कोइराला भने सामाजिक सञ्जालमा हराइरहेको भन्दै पोस्ट आइरहेको तर औपचारिक रूपमा प्रहरीलाई जानकारी नगराइएको बताउँछन् । गण्डकीका ११ वटै जिल्लामा सामाजिक सञ्जाल वा त्यस्ता सूचना छन् भने तुरुन्त खबर गर्न निर्देशन दिएको उनले बताए।

    गण्डकी प्रदेशका कति जना रसुवा बाढीमा हराएका छन् र बाढीले कति क्षति पुर्‍याएको छ भन्ने चासो बढिरहेको छ। यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रारम्भिक अवस्थाबारे प्रदेशसभा बैठकमा जानकारी गराएका छन्।

    मुख्यमन्त्री पाण्डेले रसुवा बाढीमा संघीय सरकारले प्रारम्भिक रूपमा बताएअनुसार ५ हजारजति मानिस हराइरहेको जानकारी गराए । २०७२ सालको भूकम्पपछि ठूलो विपत्तिको सामना देशले अहिले गर्नुपरेको उनको भनाइ थियो।

    मुख्यमन्त्री पाण्डेले गोरखाको पालुङटारबाट एउटा बस र दुई वटा माइक्रोमा गुसाइँकुण्ड गएको जानकारी पाएको बताए । पृथ्वी राजमार्गको एउटा बसमा ३७ जना रहेको र तीमध्ये ६ जना हाम फालेर बाँचेकाहरू सम्पर्कमा रहेको सुनाए।

    बाँकी ३१ जना बेपत्ता रहेको र उनीहरूको खोजी, उद्धारका लागि संघीय सरकार, प्रहरी र स्थानीय पालिकासँग समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो।अरू दुई वटा माइक्रोबसमा पालुङटारबाटै गोसाइँकुण्ड गएको र उनीहरू भने सम्पर्कमा रहेको उनले बताए । एउटा माइक्रोमा १५ जना र अर्कोमा १६ रहेको मुख्यमन्त्री पाण्डेले संसद्‌मा जानकारी दिए।

    मुख्यमन्त्री पाण्डेले गण्डकीमा उपचाररत कोही छन् भने उपचार गर्ने र अन्य ठाउँमा लैजान पनि समन्वय तथा सहकार्य गर्ने सदनलाई बताए।रसुवा र नुवाकोटमा गण्डकीबाट काम गर्न जाने थुप्रै बेपत्ता भएको प्रारम्भिक सूचनाहरू आइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए।

    बागलुङ, पर्वत, म्याग्दीका परिवारले प्रहरीमा सूचना दिने क्रम बढ्दो अवस्थामा रहेको उनको भनाइ थियो । यो बाढीका कारण गण्डकी प्रदेशमा पनि क्षतिको संख्या बढ्न सक्ने अवस्था रहेको उनले बताए।

    यसैगरी, मुख्यमन्त्री पाण्डेले घान्द्रुक जाने सडक मोदी खोलाको बाढीका कारण क्षतविक्षत भएको र बाटो खुलाउन भइरहेको प्रयत्नबारे पनि संसद्‌लाई जानकारी गराएका छन्।

    वीरेठाँटीमा मोदी खोला बाटो कटान गरेपछि अस्थायी रूपमा भए पनि खोल्न केही निर्णय गरेर काम अगाडि बढिरहेको उनको भनाइ थियो।प्रदेश सरकारबाट तारजाली उपलब्ध गराउने, ढुंगाहरू स्थानीय तहले उपलब्ध गराउने र नेपाली सेनाले भर्ने निर्णयअनुसार काम भइरहेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार