Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवागढी र तातोपानीको विकल्पमा कोरला नाका प्रयोग गर्न भन्सार विभागको आग्रह

रसुवागढी र तातोपानीको विकल्पमा कोरला नाका प्रयोग गर्न भन्सार विभागको आग्रह

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं ।  रसुवागढी र तातोपानी नाका हुँदै नेपाल भित्रिन लागेका मालवाहक सवारीसाधनलाई भन्सार विभागले मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न आग्रह गरेको छ।

    विभागले पछिल्लो सूचना जारी गर्दै रसुवागढी र तातोपानी नाकाको विकल्पका रूपमा कोरला नाका प्रयोग गर्न सम्बन्धित मालवाहक सवारीका चालक तथा व्यवसायीलाई अनुरोध गरेको हो। विभागको सूचनामा कोरला नाका प्रयोग, वैकल्पिक मार्ग व्यवस्थापन, भन्सार प्रक्रिया तथा आवश्यक सहजीकरणका लागि विभागले समन्वय गर्ने उल्लेख छ।

    images

    यसैबीच, रसुवागढी भन्सारबाट सम्पर्कविहीन भएका कर्मचारीमध्ये दुई जना सम्पर्कमा आएका छन्। विभागका अनुसार सगुन मोक्तान र रामु नेपाली आज सम्पर्कमा आएका हुन्।

    रसुवाको बाढीपछि भन्सार तथा सीमा नाकासम्बन्धी सेवामा परेको प्रभावलाई ध्यानमा राख्दै विभागले वैकल्पिक नाकाबाट मालवस्तु आयातको व्यवस्था मिलाउन पहल गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार