Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रधानमन्त्री राहत कोषमा मह जोडीको २ लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा मह जोडीको २ लाख सहयोग

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । मह जोडीले  भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

    मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा यो सहयोगको घोषणा गरेका हुन्।बाढीको बितन्डताले देश रोइरहेको बेला पक्ष विपक्ष नभनी देश विदेशमा रहेका नेपालीहरूलाई  आफ्नो गक्ष अनुसार सहयोग गर्न पनि आचार्यले आग्रह गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार