Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विपद् व्यवस्थापनका लागि रकम अभाव छैन: अर्थमन्त्री वाग्ले

विपद् व्यवस्थापनका लागि रकम अभाव छैन: अर्थमन्त्री वाग्ले

बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारले साधन-स्रोतको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । 

    रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि उनले यो कुरा बताएका हुन् । अर्थमन्त्री वाग्लेले बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार कार्य तीब्र पारिएको दाबी गरे । 

    images

    २२ वटा हेलिकोप्टरमार्फत उद्धार कार्य जारी राखेको उनको भनाइ छ । नवलपुर र चितवन लगायतका क्षेत्रमा भेटिएका शवहरूको व्यवस्थापन र बेपत्ताहरूको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

    विपदपछिको पुनस्र्थापना र पुनर्निर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको समेत अर्थमन्त्रीले उल्लेख गरे ।

    ‘घटनाको लगत्तै विश्व बैंकसँगको समन्वयमा करिव २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता सुनिश्चित गरिएको छ । यसका साथै चीन, भारत, जापान, एसियाली विकास बैंक र रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट पनि सहयोगको प्रतिवद्धता प्राप्त भएको छ', उनले भने, 'चालु आर्थिक वर्षको बजेटमा विपद व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड र गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ मौज्दात छ ।'

    अर्थमन्त्री वाग्लेले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुनर्निर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । राष्ट्रिय संकटको घडीमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिने नेपाली राजनीतिको मौलिक चरित्रको उनले प्रशंसा गरे ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार