काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि सांसदहरू खोज तथा उद्धार कार्यमा सक्रिय हुनुपर्ने भएपछि बिहीबार तय गरिएका संसदीय समितिका बैठकहरू स्थगित भएका छन्।
बिहीबार बिहान १० बजे बस्ने तय भएको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित गरिएको छ।त्यस्तै, दिउँसो १२ बजेका लागि निर्धारण गरिएको पूर्वाधार विकास समितिको बैठक पनि स्थगित भएको छ।
यसैगरी, बिहान १० बजे बस्ने तय भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक तथा बिहान साढे ११ बजेका लागि बोलाइएको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक समेत स्थगित गरिएको छ।
रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सांसदहरू उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा खटिनुपर्ने भएकाले समितिका बैठकहरू स्थगित गरिएको जनाइएको छ।



