Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढीपहिरो पीडितलाई सहायता गर्न भारत तयार, प्रधानमन्त्री मोदीद्वारा बलेनलाई फोन गरी समवेदना व्यक्त

बाढीपहिरो पीडितलाई सहायता गर्न भारत तयार, प्रधानमन्त्री मोदीद्वारा बलेनलाई फोन गरी समवेदना व्यक्त

बिहिवार, भाद्र ११ २०८३
  • ​काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको छ। प्रधानमन्त्री मोदीले समकक्षीसँग संवाद गर्दै नेपालका बाढीपहिरो पीडितका लागि आवश्यक सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको स्पष्ट पार्नुभएको हो।

    सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले यस कठिन घडीमा भारतीय जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा दृढताका साथ उभिएको उल्लेख गर्नुभएको छ। उद्धार तथा राहत कार्यका लागि दुवै देशका टोलीहरूले आपसमा निकट समन्वय गरिरहेको पनि उहाँले बताउनुभएको छ।

    images

    ​सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ।

    ​"प्रधानमन्त्रीसँग कुराकानी गर्दै नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेको छु। यस कठिन समयमा भारतका जनता नेपालका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिएका छन्। भारत नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता प्रदान गर्न तयार छ। हाम्रा टोलीहरू उद्धार र राहत कार्यमा निकटताका साथ समन्वय गरिरहेका छन्।"

    ​नेपालमा पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। यस्तो अवस्थामा छिमेकी मुलुक भारतका तर्फबाट उच्चस्तरीय सहानुभूति र सहयोगको प्रतिबद्धता आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार