Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भारी पानी पर्न सक्छ : मौसम पूर्वानुमान महाशाखा

रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भारी पानी पर्न सक्छ : मौसम पूर्वानुमान महाशाखा

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा र सिन्धुपाल्चोक लगायतका जिल्लामा मध्यमसम्मको पानी पर्ने जनाएको छ।विभागले बुधबार साँझ सूचना जारी गर्दै ती स्थानमा मध्यमदेखि भारी पानी पर्ने जानकारी दिएको हो।

    ‘रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा आज राति धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ’, विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘एक–दुई ठाउँमा भारी पानी समेत पर्ने देखिन्छ । खोज तथा उद्धारमा आवश्यक सावधानी अपनाउनुहोला।’

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार