Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विश्व बैंकले दियो २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी, भारत र चीनले सोधे– के चाहिन्छ?

विश्व बैंकले दियो २५ अर्बसम्म सहयोग गर्न सकिने जानकारी, भारत र चीनले सोधे– के चाहिन्छ?

बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।

    बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएका थिए। 

    images

    दक्षिणी छिमेकी मित्रराष्ट्र भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीहरू के-के हुन् भनी सरकारसमक्ष सूची पठाउन आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्री लगायत अन्य वरिष्ठ मन्त्रीहरुसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आज नै काठमाडौँ ल्याइने तयारी भइरहेको बताए। 

    यस्तै, उत्तरी छिमेकी मित्रराष्ट्र चीनले पनि तत्कालै नगद सहयोग गर्ने भएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्।

    छिमेकी मुलुक र दातृ निकायको उदार सहयोगको प्रतिवद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अन्तर-सरकारी समन्वय गरी सहयोग मोडालिटीका सन्दर्भमा छलफल गरिरहेको अर्थ मन्त्रालयले जनाएको छ।

    आज बसेको मन्त्रीपरिषद वैठकले रसुवा, नुवाकोट र धादिङ्गका प्रभावित पालिकाहरुलाई 'विपद संकटग्रस्त क्षेत्र' घोषित गरेपछि घरेलु एवं बाह्य सहयोग जुटाउने बाटो खुलेको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार