काठमाडौं । प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा झापा भद्रपुर–९ स्थायी घर भई हाल कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दहालले इन्स्टाग्राममा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै आगामी २३ भदौमा ‘सिध्याइदिने’ आशयको स्टाटस लेखेका थिए । उक्त पोस्टमा उनले प्रहरीलाई समेत ट्याग गर्दै अपशब्द प्रयोग गरेको बताइएको छ।पक्राउपछि दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।



