Oct 30 2026 | २०८३ कार्तिक १४ गते

विपतको समयमा डायस्पोराको सहयोग हुने लामिछानेको विश्वास

विपतको समयमा डायस्पोराको सहयोग हुने लामिछानेको विश्वास

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपत्तिको यो समयमा विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले नेपालमा जुनसुकै बेला दुःख र प्राकृतिक प्रकोप पर्दा विदेशमा रहेका नेपालीहरूले उल्लेख्य सहयोग गर्दै आएको स्मरण गरे।

    उनले भने, ‘नेपालमा दुःख र प्राकृतिक प्रकोप पर्दा विदेशमा रहनुभएका नेपालीहरूले सधैँ सहयोग गर्नुभएको छ। यो पटक पनि उहाँहरूले सहयोग गर्नुहुनेछ र नेपालीको घाउमा सानो मलम लगाउनुहुनेछ भन्ने मेरो पूर्ण विश्वास छ।’

    images

    लामिछानेले विपद्का बारेमा संसद् र नागरिकलाई स्पष्ट जानकारी गराउनु सरकारको मुख्य कर्तव्य भएको बताए। सरकारले यस विपद्का बारेमा जानकारी गराउने तयारी गरिरहेको सूचना आफूले पाएको उल्लेख गर्दै उनले सरकारले जिम्मेवारीपूर्वक तथ्यहरू सार्वजनिक गर्ने विश्वास व्यक्त गरे।

    विपद्को यस घडीमा सरकारले आफ्नो दायित्व पूरा गर्ने र आम नागरिक तथा डायस्पोरामा रहेका नेपालीहरूले पनि हातेमालो गर्ने उनको अपेक्षा थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार