काठमाडौँ । कैलाश मानसरोवरको यात्राका लागि रसुवा पुगेका पर्यटकहरु सम्पर्कविहिन भएका छन् । ४७ जना पर्यटक भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका हुन् । उनीहरुसँग बिहानदेखि सम्पर्क हुन नसकेको हिमालयन ग्लेसियर एडभेञ्चर एण्ड ट्राभल कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सम्पर्कविहिन हुनेमा १० जना नेपाली र ३७ जना विदेशी नागरिक रहेका छन् । आज बिहान रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीमा ठूलो धनजनको क्षति भएको छ ।
नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल,मेडिकल टोलीलगायत प्रभावित क्षेत्रमा परिचालन भएका छन् ।



