काठमाडौँ । भोटेकोसी बाढीपछि नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे एमाले पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए।उनका अनुसार बैठकले भोटेकोसी बाढी प्रभावितका लागि राहत तथा उद्धारबारे निर्णय गर्नेछ।


