काठमाडौँ । रसुवामा आज बिहान आएको भीषण बाढीले पुर्याएको क्षतिको विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सकिएको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।
उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन पनि अनुरोध गरेका छन्।










