Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रसुवा बाढीले बैंकका शाखा पनि बगायो, टेलिफोन नहुँदा यकिन विवरण सङ्कलनमा समस्या

रसुवा बाढीले बैंकका शाखा पनि बगायो, टेलिफोन नहुँदा यकिन विवरण सङ्कलनमा समस्या

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ।

    नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन विवरण सङ्कलनमा समस्या भएको छ । बैँकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बाढी आएको थाहा भएसँगै  बिहान बैंकर्स संघको आकस्मिक बैठक बसेर सबै विवरण सङ्कलन र उद्धारको विषयमा छलफल भएको बताए।

    images

    उनका अनुसार बैठकले उद्धारका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । उनले भने,‘ उद्धारका सरकारसँग अनुरोध गरिसकेका छौँ । बैंकका कुनै पनि कर्मचारी सम्पर्कमा छैनन् । टेलिफोन अवरुद्ध भएकाले क्षतिको विवरण सङ्कलन गर्न कठिन भएको छ । संघले सम्पर्क भएसम्म विवरण लिइरहेका छौँ।’

    संघका अनुसार बाढी आएको क्षेत्र टिमुरेमा नबिल, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, ग्लोबल, माछापुच्छ्रे, सानिमा, इन्भेस्टमेन्ट मेगा लगायत बैंकका शाखा कार्यालय रहेका थिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार