Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अचानक टिमुरेमा कसरी आयो भिषण बाढी ?

अचानक टिमुरेमा कसरी आयो भिषण बाढी ?

बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले तिब्बततर्फ हिमताल विस्फोट भएको हुन सक्ने आशङ्का व्यक्त गरेको छ।

    नदीमा अचानक बहाव बढेपछि विभागले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

    images

    बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर तिब्बततर्फबाट टिमुरे नाका हुँदै विशाल बाढी नेपाल प्रवेश गरेको हो।

    वर्षा बिना नै नदीमा अकस्मात् जलसतह बढेकाले तिब्बत क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

    बाढी आउनुको वास्तविक कारण पत्ता लगाउन विभागले चिनियाँ अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको छ। त्यस्तै भू-उपग्रहबाट प्राप्त तस्बिरहरू तथा अन्य प्राविधिक माध्यमको प्रयोग गरेर हिमताल विस्फोटको पुष्टि गर्ने प्रयास भइरहेको पराजुलीले जानकारी दिए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार