Oct 30 2026 | २०८३ कार्तिक १४ गते

मुद्दा हारेको झोकमा सर्वोच्चको भवनबाट हामफाल्ने प्रयास !

मुद्दा हारेको झोकमा सर्वोच्चको भवनबाट हामफाल्ने प्रयास !

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ। मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट मंगलबार हामफाल्ने प्रयास गरेका छन् । यद्यपि, ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गर्न सफल भएको छ।

    ती व्यक्तिको परिचय लालबहादुर राई भनेर खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए । अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिकै फैसलालाई सदर गर्ने निर्णय गरेको थियो।

    images

    त्यसपछि, ‘सर्वोच्चले आफूलाई हराएको’ भन्दै सुसाइड नोट समेत लेखेर राई सर्वोच्चको पाँचौ तल्लामा पुगेका थिए। उनलाई उद्धार गरेर अहिले मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार