Oct 30 2026 | २०८३ कार्तिक १४ गते

३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका १५ स्थित चमतीबाट ३१ लाख नगदसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले स्रोत नखुलेको नगदसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ५२ वर्षीय चिनियाँ नागरिक मा यागुबी छन्।

    लागुऔषध कारोबारको सूचनालाई पछ्याउँदै जाँदा चिनियाँ नागरिकको साथबाट स्रोत नखुलेको नगद बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूराेका एसएसपी सुबास बोहराले बताए।

    images

    सोमबार ब्यूरोबाट खटिएको टोलीले चमतीस्थित आरोपीले भाडामा लिएको डेरा खानतलासी गर्दा सो रकम भेटिएको हो। तर, उनको साथमा लागुऔषध फेला नपरेको एसएसपी बोहराले जानकारी दिए।

    चिनियाँको साथमा भेटिएको रकम अवैध हुण्डीको भएको आशङ्का गरिएको छ। उनको साथबाट सुन काट्न प्रयोग गरिने कैँची र डिजिटल तराजु पनि प्रहरीले बरामद गरेको छ । आरोपीमाथि थप अनुसन्धान र कारबाहीका लागी ब्यूरोले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ।पक्राउ परेका नागरिक सुन कारोबारी हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार