Oct 30 2026 | २०८३ कार्तिक १४ गते

काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, सहरी योजना आयोगको सचिवालयले ‘मेयर्स रिसर्च फेलोसिप २०८३’ का लागि अनुसन्धान प्रस्ताव आह्वान गरेको छ।

    महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामहरूसँग सम्बन्धित नीतिगत अनुसन्धानमार्फत प्रमाणमा आधारित नीति निर्माण गर्न यो कार्यक्रम अघि बढाइएको हो। यसका साथै कार्यमूलक अनुसन्धानमार्फत सहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

    images

    मंगलबार प्रकाशित सूचना अनुसार तोकिएको योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताहरूले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेश गर्नुपर्नेछ।

    विस्तृत विवरणका लागि काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना तथा प्रस्तावना हेर्न सकिने सहरी योजना आयोगको सचिवालयले जनाएको छ।

    2026-08-25-12-15-11-GRP-25Aug-01-3

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार