Oct 30 2026 | २०८३ कार्तिक १४ गते

देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ मा पेसी

देउवा र खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ मा पेसी

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। 

    कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले सोमबार रिट दिएका थिए। उनीहरूले दिएको रिट मंगलबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। दुवै जनाले दिएको पूरक निवेदनमाथि भदौ ११ मा पेसी तोकिएको छ। 

    images

    विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको कार्य समितिले १५औँ महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको छ। देउवा र खड्काले महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरेका छन्। 

    कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमै रहेकाले त्यसको छिनोफानो नभएसम्म महाधिवेशन रोक्नु पर्ने दुवैको माग छ। त्यस्तै, यसअघिको फैसला पुनरावलोकनसँगै अहिले पेश गरेको निवेदन पनि हेर्न माग गरिएको छ। 

    निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चुनिएको थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का सर्वोच्च गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो। 

    त्यसपछि उक्त आदेश पुनरावलोकन गर्न माग गर्दै देउवा र खड्काले निवेदन दिएका थिए। निवेदनमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहितको पूर्ण इजलासले निसा दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः बल्झिएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार