Oct 30 2026 | २०८३ कार्तिक १४ गते

१९० किलोवाट मोटर र शक्तिशाली ब्याट्रीसहित ‘अवतार ०७’ नेपाली बजारमा, कति पर्छ मुल्य ?

१९० किलोवाट मोटर र शक्तिशाली ब्याट्रीसहित ‘अवतार ०७’ नेपाली बजारमा, कति पर्छ मुल्य ?

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त प्रिमियम विद्युतीय एसयूभी ‘अवतार ०७’ भित्रिएको छ।अवतारको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले जारी नाडा अटो शोका अवसरमा यो नयाँ गाडी सार्वजनिक गरेको हो।

    कम्पनीले यस एसयूभीलाई दुई फरक भेरियन्टमा बजारमा उपलब्ध गराएको छ। जसको मूल्य क्रमशः २ करोड २० लाख रुपैयाँ र २ करोड ३० लाख रुपैयाँ तय गरिएको छ।

    images

    रियर ह्विल ड्राइभ प्रणालीमा आधारित यस एसयूभीमा १९० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ। लामो दूरीको यात्रालाई भरपर्दो र सहज बनाउन यसमा ८२.१६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्याक दिइएको छ।

    यस प्रिमियम एसयूभीको लम्बाइ ४ हजार ८ सय २५ मिलिमिटर, चौडाइ १ हजार ९ सय ८० मिलिमिटर र उचाइ १ हजार ६ सय २० मिलिमिटर छ।गाडीभित्र पर्याप्त ठाउँ र आरामदायी यात्रा सुनिश्चित गर्न यसमा २ हजार ९ सय ४० मिलिमिटर लामो ह्विलबेस दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार