Oct 30 2026 | २०८३ कार्तिक १४ गते

राप्रपामा भाँडभैलो: अध्यक्ष राजेन्द्र लिङ्देनको पत्रलाई कमल थापाले भने ‘फेक’

राप्रपामा भाँडभैलो: अध्यक्ष राजेन्द्र लिङ्देनको पत्रलाई कमल थापाले भने ‘फेक’

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । बागमती प्रदेश सभाका तीन जना सांसदलाई पदमुक्त गर्ने अध्यक्षको निर्णयविरुद्ध  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले मुख खोलेका छन्।

    बागमती प्रदेश सरकारमा सहभागी हुने राप्रपा प्रदेश संसदीय दलको निर्णयसँगै पार्टीभित्र भाँडभैलोको संकेत देखिएको छ।

    images

    पार्टीको निर्देशन र ह्विपविपरीत सरकारमा सामेल भएका तीन सांसद राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई पदमुक्त गर्न अध्यक्ष राजेन्द्र लिङ्‌देनले प्रदेश सभामुखसमक्ष आइतबार पठाएको पत्र आफूलाई ‘फेक’ लागेको पूर्वअध्यक्ष कमल थापाले बताएका छन्।

    उनले मंगलबार सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गरेका हुन्। ४ भदौपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक नबसेको अवस्थामा यो निर्णय कसरी आयो आफू आश्चर्यचकित भएको थापाको भनाई छ। थापाले उक्त पत्र ‘फेक’ हो कि भन्ने लागेको र सत्य नहोस् भनी कामनासमेत गरेका छन्।

    ‘गत भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा यो निर्णय कसरी आयो, म आश्चर्यचकित भएको छु,’ थापाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पत्रमा कुन मितिमा बैठक बसेको हो भन्ने उल्लेख नभएको हुँदा ‘फेक’ हो कि भन्ने पनि लाग्छ। यो सत्य नहोस्।’

    बागमती संसदीय दल नेता उद्धव थापामाथि पार्टीले कारबाही गर्दा पनि पूर्वअध्यक्ष थापाले असहमति जनाएका थिए।

    राप्रपामा ह्विपको जुहारी, एउटै विषयमा दुई निर्देशनले अन्योलमा सांसद

    बागमतीका नवनियुक्त तीन मन्त्रीलाई राप्रपाको १२ घण्टे स्पष्टीकरण

    उद्धव थापालाई सांसदबाट हटाउन उपसभामुखलाई राप्रपाको पत्र

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार