Oct 30 2026 | २०८३ कार्तिक १४ गते

स्वास्थ्य परीक्षणपछि अस्पतालबाट निवास फर्किए सभामुख

स्वास्थ्य परीक्षणपछि अस्पतालबाट निवास फर्किए सभामुख

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल स्वास्थ्य जाँच गराएर सोमबारै अस्पतालबाट ‍निवास फर्किएका छन्।सभामुखको सचिवालयका अनुसार उनी नियमित स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका थिए।

    ‘स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उहाँ निवास फर्किनुभएको छ’, सोमबार बेलुका सभामुखको सचिवालयले सामाजिक सञ्जालमा लेखेको छ।छाती दुखेपछि सभामुख अर्याल सोमबार दिउँसो अस्पताल गएको बताइएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार