Oct 30 2026 | २०८३ कार्तिक १४ गते

४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउमा पनि गिरावट

४ दिनमा १८ हजार ६ सय बढेको सुनको मूल्य आज घट्यो, चाँदीको भाउमा पनि गिरावट

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो।सुनको भाउ गएको आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँ बढेको थियो।

    images

    त्यसैगरी चाँदीको मूल्य भने आज पनि घटेको छ।तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सयमा झरेको महासंघले जनाएको छ।हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार