Oct 30 2026 | २०८३ कार्तिक १४ गते

संसदीय क्यालेन्डरमा छैन भदौ महिनाभर विधेयक पारित गर्ने कार्यसूची

संसदीय क्यालेन्डरमा छैन भदौ महिनाभर विधेयक पारित गर्ने कार्यसूची

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । प्रतिनिधिसभाको संसदीय क्यालेन्डर तयार भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको क्यालेन्डर अनुसार भदौ महिनामा १५, १६, १७, २२, २३ र २४ गते बैठक बस्नेछन् । कुन बैठकको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम के हुन सक्ने भनेर विषय राखिएको छ।

    प्रतिनिधिसभामा रहेका विधेयक अगाडि बढाउने लगायतका विषय संसदीय क्यालेन्डरमा छ । तर भदौ महिनाभित्रै विधेयक पारित गर्ने कार्यसूची छैन।

    images

    क्यालेन्डर अनुसार भदौ ९ गते शून्य समय चल्नेछ । शून्य÷विशेष र आकस्मिक समयमा उठेका प्रश्नको मन्त्रीबाट जवाफ प्रस्तुत हुनेछ।

    नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ प्रस्तुत; मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस हुनेछ।

    भदौ १० गते शून्य समय र विशेष समय चल्नेछ। अनि भदौ १० गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनेछ।

    नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची पनि छ।भदौ १५ गतेकर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    भदौ १६ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुनेछ।

    भदौ १७ गतेबालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। त्यसपछि अर्को बैठक २२ गते बस्नेछ। जहाँ नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    भदौ २३ गते मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक र बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।

    भदौ २४ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

    यसरी भदौ महिनामा २४ गतेसम्म प्रतिनिधिसभाको बैठक बस्ने गरी क्यालेन्डर तयार भएको हो । जसमा विधेयक पारित नै गर्ने कार्यसूची समावेश छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार